सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमा अतिक्रमणलाई रोक्न कूटनीतिक तवरबाट समाधान खोजिनुपर्नेमा देउवाको जोड

२०७६ कार्तिक २९, ०६:५४ खबर संवाददाता

नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतबाट भएको सीमा अतिक्रमणका विषयमा सरकारले कूटनीतिक तवरबाट समाधानको उपाय खोजिनुपर्ने बताएका छन्। 

विहिवार धनगढी विमानस्थलमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि फिर्ताका सवालमा जताततै नारा जुलुस, विरोध गरेर मात्र समस्याको समाधान नहुने बताउँदै उनले कूटनीतिक तवरबाट समाधानको उपाय खोजिनुपर्नेमा जोड दिए।

सभापति देउवाले मङ्सिरमा हुन गइरहेको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजय गराउन पार्टीका कार्यकर्ता तथा नेताहरु सबैलाई एकजुट भएर लाग्न अनुरोध गरे। 
 

कमेन्ट लोड गर्नुस