सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने पूर्वमाओवादी कार्यकर्तामाथी अनुसन्धान

२०७६ कार्तिक २८, १२:५१

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने ‘मुख्य आरोपी’लाई प्रहरीले ज्यान मार्ने उद्योगको कसूरमा अनुसन्धान थालेको छ। शाहीले आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने गरेका छन्। 

भरतपुर महानगरपालिकाका सवारी चालक अविरल पोखरेललाई ज्यान मार्ने उद्योग गरेको अभियोगमा अनुसन्धान थालिएको चितवन प्रहरीका जनाएको छ।  पोखरेल कात्तिक १९ गते पक्राउ परेका थिए। उनलाई अनुसन्धानका लागी प्रहरीले २५ दिनसम्म थुनामा राख्ने चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। 

शाहीमाथि गत असोज ११ गते चितवनमा आक्रमण भएको थियो। पक्राउ परेका भरतपुर महानगरपालिका–११ का ३२ वर्षीय पोखरेल तीन महिनायता महानगरपालिकाको चालकमा जागिरे रहेको थाहा भएको छ।

मेयर रेणु दाहालको सवारी चलाउने गरी नियुक्ति गरिए पनि उनी नगरपालिकाको फोहोर उठाउने गाडीमा चालक थिए। पोखरेल पूर्वमाओवादी कार्यकर्ता हुन्। पोखरेलमाथि अनुसन्धान थालिए पनि अन्य व्यक्तिहरू भने पक्राउ परेका छैनन्।

असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा ‘नेपालका लागि नेपाली’ले आयोजना गरेको कार्यक्रम सुरू हुनै लाग्दा शाहीमाथि आक्रमण गरिएको थियो। कार्यक्रम स्थगन भएपछि ग्लोबल होटलबाट बा३ख ८४५८ नम्बरको माइक्रोमा फर्कने क्रममा होटल परिसरमा नै शाहीमाथि आक्रमण भएको थियो।
 

कमेन्ट लोड गर्नुस