सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोलवाङ्ग भिरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

२०७६ कार्तिक २८, १२:४४

प्यूठानको स्वर्गद्धारी नगरपालिका–४ कोलवाङ्ग भिरमा चार जना सवार बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य तीनजना  भने घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

बिहीबार बिहान भिंग्रीबाट पानी बोकेर स्वर्गद्धारी जान लागेको बोलेरो जिप दुर्घटना भएको हो । मृतकको सनाखत नभएको बताइएको छ।

जिप कोलवाङ्गबाट करिब चार सय मिटर तल खसेको छ । घाइतेको प्राथमिक स्वास्थ्य चौकी भिंग्रीमा उपचार भइरहेको छ । चालक फरार रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस