सुदूर नेपाललाई विश्वसँग जोड्दै

निःशुल्क आखा जाँच तथा मोतीविन्दु शल्यक्रिया शिविर

२०७६ कार्तिक २८, १०:१० खबर संवाददाता

रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटमा सञ्चालन गरिएको दुईदिने निःशुल्क आँखा शिविरमा २३७ जनाले सेवा लिएका छन्। मंगलबार र बुधबार गरी दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरमा जिल्लाका तीनवटै स्थानीय तहका नागरिकले सेवा लिएका हुन्। शिविरमा २३७ जनाको सामान्य आँखा जाँच गरिएको र ४४ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्रका कार्यालय प्रमुख सञ्जय पाठकले बताए।

आर्थिक स्थिति कमजोर भएका र जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने अवस्थाका व्यक्तिलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उनले बताए। न्याव आइकेर नर्वेको आर्थिक, नेपाल नेत्रज्योति सङ्घ राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोग तथा सिस्ने गाउँपालिका र सिस्ने शिक्षा क्याम्पस रुकुमकोटको व्यवस्थापनमा निःशुल्क आँखा जाँच तथा मोतीविन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको राप्ती आँखा अस्पताल रक्षाचौर दाङले जनाएको छ। शिविरमा राप्ती आँखा अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सुरेश रसाइलीसहित १५ जनाको टोलीले सेवा दिएको थियो। रासस
 

कमेन्ट लोड गर्नुस