सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७६ कार्तिक २८, ०८:०५ खबर संवाददाता

आज बिहान बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ। चितवनको भरतपुर महानगपालिका–६ का ३० वर्षीय रोशन सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १० च ४४१३ नम्बरको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको बा ६६ प २९६५ नम्बरको  मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते सापकोटाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिने बोलेरो र चालक प्रहरी नियन्त्रणमा रहेका छन्। दुर्घटना आज बिहान २ : ३० बजे इच्छाकामना गाउँपालिका–६ जलवीरेमा भएको प्रहरीले जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस