सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सात वडाध्यक्षका लागि २२ जनाको उम्मेदवारी

२०७६ कार्तिक २७, ०८:१७ खबर संवाददाता

मंसिर १४ गते हुने उपनिर्वाचनका सुदूरपश्चिम प्रदेशमा सात वडाध्यक्षका लागि २२ जनाले उम्मेदवारी दिएका छन्। कञ्चनपुरको पुनर्बास नगरपालिका–३ को वडाध्यक्ष पदमा पाँच जनाले मनोनयन दर्ता गराएका छन्।

नेकपाका कृष्ण तामाङ, नेपाली कांग्रेसका दीप तामाङ, समाजवादी पार्टीका भीम तामाङ, राष्ट्रिय प्रजातन्त्र पाटीका पदम शाही र राप्रपा संयुक्तका श्रीधन तामाङले मनोनयन दर्ता गराएका छन।
यस्तै बैतडीको सुर्नया गाउँपालिका–१ को अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको छ।

पुरचौंडी नगरपालिका–४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली कांग्रेसका तर्फबाट गोविन्दबहादुर धामीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेदवारी परेको छ। बैतडीकै दोगडाकेदार गाउँपालिका–४ को वडा अध्यक्ष पदका लागि तीनजनाको मनोनयन दर्ता भएको छ।

नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेदवारी दर्ता भएको छ। डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेकपाबाट रामवहादुर बोहरा, नेपाली कांग्रेसबाट महादेव साउद, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशीराम ओझाले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै भूमिसिंह खड्काले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। अछामको मेल्लेख गाउँपालिका–५ को वडाध्यक्षका लागि नेकपाबाट धनेशबहादुर खड्का र कांग्रेसबाट वीरबहादुर बोहराको उम्मेदवारी परेको हो।

यस्तै बाजुराको त्रिवेणी नगरपालिका–१ को वडाध्यक्षका लागि नेकपाबाट मनराज बुढा, कांग्रेसबाट खगेन्द्र चदारा र राप्रपाबाट मीनबहादुर ढोलीको उम्मेदवारी परेको छ। 

कमेन्ट लोड गर्नुस