सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक दुर्घटनामा परी १९ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ कार्तिक २७, ०३:३९ खबर संवाददाता

पेरुको उत्तरी ला लिबरटाडमा मङ्गलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन्। पेरु प्रहरीका अनुसार उक्त बस पहाडी राजमार्गको सडकबाट करिब ३०० मिटर तल नदीमा खसेको थियो। उक्त बस राजधानी लिमाबाट उत्तरतर्फ करिब ५५७ किलोमिटर टाढा त्रुजिलो शहर नजिक भएको हो।

प्रहरी अधिकारी लुइज कोन्भेनासले बाक्लो हुस्सुका कारण बस दुर्घटना भएको हुनसक्ने बताए। घाइतेको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको पनि उनले बताए। प्रहरीका अनुसार उक्त बस कालान्काबाट त्रुजिलोतर्फ गइरहेको थियो। पेरुमा एन्डिज पर्वतमालामा बारम्बार सडक दुर्घटना हुने गरेका छन् । यो भू–भाग समुद्री सतहबाट दुई हजारदेखि तीन हजार मिटर उचाइमा रहेको छ। रासस
 

कमेन्ट लोड गर्नुस