सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवा नआएपछि संवैधानिक परिषद्को बैठक स्थगित

२०७६ कार्तिक २७, ०२:४९

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।  

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक देउवा बंगलादेशका राष्ट्रपतिसँग भेटघाटमा ब्यस्त भएपछि स्थगित भएको हो। 

'प्रमुख प्रतिपक्षी दलका नेता नआएपछि बैठक स्थगित भएको हो’, परिषद्का सदस्य सचिव तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले भने।

आजको बैठकमा विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका पदहरुमा नियुक्तिको टुंगो लगाउने तयारी थियो। चार दिने नेपाल भ्रमणका लागि आएका बंगलादेशका राष्ट्रपतिसँग भेटघाटमा व्यस्त रहनुपरेकाले परिषद्को बैठकमा जान नसकेको देउवाको सचिवालय जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस