सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुर्नवासमा वडा अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

२०७६ कार्तिक २७, ०२:३८ खबर संवाददाता

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा अध्यक्ष पदका लागि पाँचजनाले मनोनयन दर्ता गराएका छन्। वडा अध्यक्षका लागि नेकपाका कृष्ण तामाङ , नेपाली कांग्रेसका  दीप तामाङ, समाजवादी पार्टीका भीम तामाङ, राष्ट्रिय प्रजातन्त्र पाटीका  पदम शाही  र  राप्रपा संयुक्तका श्रीधन तामाङले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।

 पाँचै जनाले पुर्नवासमा स्थापना गरिएको  निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज बिहान  १० देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिएको थियो।  

भोली उम्मेदवारमाथि उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले आयोगले जनाएको छ। उम्मेदवारहरुलाई मंसिर १ गते निर्वाचन चिह्न  प्रदान गरिने छ। 
 
 

कमेन्ट लोड गर्नुस