सुदूर नेपाललाई विश्वसँग जोड्दै

माछा मार्ने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु

। फोटो स्रोत ।
२०७६ कार्तिक २७, ०१:४९ खबर संवाददाता

मछा मार्ने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन्। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मङ्गलबार मृत्यु भएको प्रहरीले जनाएको छ। घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुराखोलामा माछा मार्ने क्रममा एक्कासी उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

करेन्ट लागेर सोही ठाउँका २६ वर्षीय शङ्कर विक घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। रासस
 

कमेन्ट लोड गर्नुस