सुदूर नेपाललाई विश्वसँग जोड्दै

भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

२०७६ कार्तिक २७, १०:०४ खबर संवाददाता

भरुवा बन्दुको छर्रा लागेर एक जनाको मृत्यु भएको छ। उदयपुरमा सिकारीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर कटारी नगरपालिका–११, गोठडाँडाका शंकर राउतको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ। गोली कसले चलायो भन्नेबारे केही नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राउतको शव पोष्टमार्टमका लागि कटारी अस्पतालमा लगिएको छ।

कमेन्ट लोड गर्नुस