सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेश लगिदिन्छु भन्दै ठग्ने भाइरल बाबाकी श्रीमती पाँच दिन प्रहरी खोरमा

२०७६ कार्तिक २७, ०९:४९

‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धि मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

जिल्ला अदालत काठमाडौँबाट मंगलबार म्याद थप गरी पाण्डेलाई अनुसन्धानका लागि हिरासतमा राखिएको महानगरीय प्रहरीले जानकारी दिएको छ।

विदेश लगिदिन्छु भन्दै विश्वासमा लिएर धोका दिई ठगी गरेको भनी एक महिलाले कारबाहीको माग गर्दै सोमबार जाहेरी दिएकी थिइन्।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २४९ मा कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकामा सो बमोजिम नगरी वा फकाइ, झुक्याइ वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानी, नोक्सानी वा क्षति र्पुयाएमा वा आफ्नो वा अरु कसैका लागि कुनै लाभ प्राप्त गरेमा निजले आपराधिक लाभसम्बन्धी कसुर (ठगी) गरेको मानिने उल्लेख छ।
 

कमेन्ट लोड गर्नुस