सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाईकल र भ्यान ठोक्किदा एकजना गम्भीर घाईते

फोटो :अर्जुन सिह
फोटो :अर्जुन सिह
२०७६ कार्तिक २५, ०४:१४ खबर संवाददाता

कञ्चनपुरमा मोटरसाईकल र सामान ढुवानी गर्ने भ्यान ठोक्किदा एकजना गम्भीर घाईते भएका छन्। जिल्लाको शुक्लाफाटा नगरपालिकाको झलारी बजार नजिकै धनगढीबाट महेन्द्रनगर जादै गरेको लु ७४ प १५९४ नम्बरको मोटरसाईकललाई विपरीत दिसाबाट आईरहेको सुपप्र ०१००१ च २५७५ नम्बरको सामान बोक्ने भ्यानले ठक्कर दिदा एकजना घाईते भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्या लय झलारीका अनुसार घाईते हुनेमा मोटरसाईकल चालक डडेल्धुराको पर्शुराम नगरपालिका ३ का अन्दा जी ३२ वर्षीय रुपसिह माल रहेका छन्।

उनको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारका लागि धनगढी पठाईएका इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। चालक  शेर बहादुर चौधरी र  भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

कमेन्ट लोड गर्नुस