सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रीपरिषद पुनगठनबारे नेकपा सचिवालय बैठक

२०७६ कार्तिक २५, ११:३७ खबर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ। बैठकमा मंसिर १४ गते हुने उपनिर्वाचन, मन्त्रिपरिषद पुनर्गठन र भारतसँगको सीमा विवादबारे छलफल भइरहेको जनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरिरहेको बताइएकै बेला बसेको बैठकले यस विषयमा छलफल हुने बताइएको हो। यसैबारेमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले सचिवालयका सल्लाहकारलगायतलाई राजीनामा दिन भनेका थिए। बैठकमा भारतले नेपाली भूभाग उसको नक्शामा पारेको विषयमा पनि छलफल हुने छ। भारतले कालापानी र लिपुलेकलाई आफ्नो क्षेत्रमा पारेर नयाँ नक्शा सार्वजनिक गरेकोमा नेपालका मूख्य राजनीतिक दलले आपत्ति जनाइसकेका छन्।
 

कमेन्ट लोड गर्नुस