सुदूर नेपाललाई विश्वसँग जोड्दै

अष्ट्रेलियामा भीषण आगलागी हुँदा हजारौँ विस्थापित

२०७६ कार्तिक २४, १२:५७

अस्ट्रेलियाको जंगलमा भएको भीषण आगलागीबाट कम्तीमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्र समाचार एजेन्सीले लेखेका छन्। 

आगलागीमा परेर चार जना हराइरहेको अधिकारीहरूले जानकारी दिएका छन्। वनमा फैलिएको आगलागीका कारण हजारौं मानिस विस्थापित भएका छन्। आगलागीका कारण संकटकाल घोषणा गरेर राहत र उद्दारको काम सुरु गरिएको अधिकारीहरूले जनाएका छन्।

सो क्षेत्रकै क्विन्सल्याण्डका हजारौं मानिसले सडक तथा क्याम्पमा रात बिताएका छन्। त्यस क्षेत्रमा आगलागीबाट करिब १५० घर पूर्णरूपमा क्षतिग्रत भएका विवरण आएका छन्। 
 

कमेन्ट लोड गर्नुस