सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वपक्षीय बैठकमा नेताहरुको एक स्वरः कालापानी हाम्रो हो

२०७६ कार्तिक २३, ०७:२२ खबर संवाददाता

सर्वपक्षीय बैठकमा नेताहरुले एक स्वरमा कालापानी हाम्रो हो भनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी नेताहरुले कालापानी नेपालको हो भन्नेमा कुनै विवाद नभएको बताएका छन्।

तर अहिले भारतले आफ्ना नक्सामा समावेश गरेको भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाव दिएका छन्। भारतले हालसालै जारी गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नो भूभाग भनेको छ। त्यसको नेपालमा चर्को विरोध भइरहेको छ। सरकारले पनि लिपुलेक नेपाली भूभाग भएकाले एकपक्षीय रुपमा जारी भएको भारतीय नक्सा स्वीकार्य नहुने बताएको छ।

तर भारतले आफ्नो भूभागलाई समेटेर नक्सा जारी गरेको स्पष्टीकरण दिएपछि प्रधानमन्त्रीले सार्वपक्षीय बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सहभागी नेताहरुले कालपानी नेपालको हो भन्नेमा सबैको साझा मत रहेको बताएका छन्। सरकारले लिएको अडान सही भएको पनि उनीहरुले बताएका छन्। तर वक्तव्य मात्र जारी गरेर नपुग्ने भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाएका छन्। ‘विवाद र छलफलमा रहेको विषय भारतले किन यस्तो र्गयो भनेर नेपालले सोध्नुपर्छ, वव्यक्त मात्र दिएर हुँदैन’ बैठकमा सहभागी पूर्वपरराष्ट्रमन्त्री एवं राप्रपा संयुक्तका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले बताए।

कमेन्ट लोड गर्नुस