सुदूर नेपाललाई विश्वसँग जोड्दै

सासंद प्रेम आलेको अडान– उरैसम्म ट्रयाक खोले मात्रै कालोपत्रे

२०७६ कार्तिक २३, ०७:१२ खबर संवाददाता

प्रतिनिधि सभा सदस्य प्रेम आलेमगरले कैलालीको स्याउलेदेखि बझाङको चैनपुर हुँदै उरै सम्म ट्रयाक खोलेपछि मात्रै सडक कालोपत्रेको योजना अगाडी बढाउन पर्ने अडान लिएका छन्। धनगढी–दीपायल द्रुतमार्ग अन्तरगत सडक डिभिजन कार्यालय कञ्चनपुरले धनगढीको हसनपुरदेखि स्याउले सम्म १० किलोमिटर सडक कालोपत्रेको योजना अगाडी बढाउने तयारी गरेपनि सासंद आलेमगरले भने सुरुमा ट्रयाक खोल्नुपर्ने अडान लिएका हुन्।

उनले सबै क्षेत्रमा सामानुपातिक विकास हुनुपर्ने बताउँदै एउटै सडकमा कतै ट्रयाक पनि खोल्न बाँकी रहेको अवस्थामा कतै सडक कालोपत्रे गर्नु न्यायोचित नहुने बताए। उनले धनगढीदेखि स्याउले सम्म स्थानीय र प्रदेश सरकारको बजेटमा पनि कालोपत्रे हुन सक्ने बताउँदे ट्रयाक खोल्न विनियोजन भएको बजेटमा कालोपत्रेको योजना अगाडी बढाउँदा सामानुपातिक विकास नहुने बताए।

‘अव धनगढीदेखि दीपायल सम्मको सडक द्रुत मार्ग नभई बझाङको चैनपुर हुँदै उरै सम्म पुग्ने सहायक राजमार्ग हो,’ उनले भने, ‘सुरुमा उरै सम्म ट्रयाक खोल्नुपर्छ, त्यसपछि कालोपत्रेको योजना अगाडी बढाउनुपर्छ।’ सो सडक निर्माण भए सुदूरपश्चिमको समृद्धीका लागि कोसेढुङगा सावित हुने उनले बताए।

उनले अहिले सडक डिभिजन कार्यालय कञ्चनपुरका कर्मचारी र कैलालीका जनप्रतिनिधिसंग सोही विषयमा कुरा नमिलेको समेत स्वीकार गरे। ‘केन्द्रमा बजेट माग्दा अन्य जनप्रतिनिधिले स–सना योजनाका लागि माग गरे, मैले सोही सडकका लागि मात्रै बजेट माग गरेर अहिले बजेट विनियोजन भएको छ, उक्त विनियोजित बजेट कैलाली तर्फको खण्डमा कालोपत्रे गर्न प्रयोग गर्नु कुनै पनि दृष्टिकोणले न्यायोचित हुँदैन्।’ सासंद आलेले भने।
 

कमेन्ट लोड गर्नुस