सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतद्धारा नेपालगञ्ज नाका अनिश्चितकाल बन्द

२०७६ कार्तिक २३, १२:४९

भारतको सर्वोच्च अदालतले विचाराधीन विवादास्पद राम जन्मभूमिसम्बन्धी मुद्धाको अन्तिम फैसला गर्ने भएपछि नेपाल–भारत सीमा नाका जमुनहा बन्द गरिएको छ। 

मुद्धा फैसलापछि हिन्दू र मुस्लिमबीच हुन सक्ने भिडन्तलाई मध्यनजर गरी भारत सरकारले नेपाल–भारत सीमा नाका जमुनहा अकस्मात बन्द गरिएको भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले जनाएको छ। 
४० दिन लामो बहस सकिएपछि आज शनिबार भारतको सर्वोच्च अदालतले उक्त मुद्धामाथि अन्तिम फैसला गर्न लागेको छ। अन्तिम फैसला हुने भएपछि सुरक्षा सतर्कता अपनाउँदै भारतको उत्तर प्रदेश पूर्णरुपमा बन्द गरिएको छ। भने, नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका जमुनहा बन्द गरिएको छ। 

अयोध्यास्थित राम जन्मभूमिलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो। हिन्दूले विवादास्पद भूमिमा राम जन्मभूमि भएको दाबी गर्दै आएका छन् भने मुस्लिमले बाबरी मस्जिदको भूमि भएको अडान राख्दै आएका छन्। 

यही विषयले हिन्दू र मुस्लिमबीच लामो समयदेखि तनाव सिर्जना हुँदै आएको छ। अन्तिम फैसलापछि उत्तर प्रदेशमा हिन्दू र मुस्लिम सम्प्रदायबीच सम्प्रदायिक हिंसा भड्किन सक्ने आशंकामा भारत सरकारले उत्तर प्रदेशको सुरक्षा व्यवस्था कडा बनाएको छ। 
सुरक्षाका लागि नेपाल–भारत सीमा नाका जुमनहा शनिबार बिहान १ बजेदेखि पूर्णरुपमा बन्द गरिएको छ,’ इलाका प्रहरी कार्यालय, जमुनहाका इन्चार्ज प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले भने।
 

कमेन्ट लोड गर्नुस