सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्चको फैसलापछि खुल्यो राम मन्दिर बनाउने बाटो, मस्जिद बनाउन ५ एकड जमिन उपलब्ध गराइने

२०७६ कार्तिक २३, १२:२३

अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको भारतको  सर्वोच्च अदालतले ठहर गरेको छ।

राम मन्दिर बाबरी मस्जिद विवादमा भारतको सर्वोच्च अदालतले  शनिबार निर्णय सुनाउँदै अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेको हो। यससँगै राम मन्दिर बनाउने बाटो खुलेको छ।

अदालतले मुस्लिमहरूलाई वैकल्पिक जमिन उपलब्ध गराउन आदेश समेत दिएको छ। प्रधानन्यायाधीश रञ्जन गोगोईले गरेको फैसलामा मुस्लिम पक्षलाई पाँच एकड जमिन छुट्टै ठाउँमा दिन केन्द्र सरकारलाई भनेका छन्।

 

कमेन्ट लोड गर्नुस