सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयोध्याको विवादित भूमिबारेको फैसलापछी मोदीको ट्वीट: देशमा शान्ति कायम राख्न अपील

२०७६ कार्तिक २३, १२:१३

भारतको सर्वोच्च अदालतको अयोध्याको विवादित बाबरी–रामजन्मभूमि प्रकरणमा ऐतिहासिक फैसला सुनाएको छ । 

भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश रन्जन गोगोइको अध्यक्षतामा बनेको पाँच सदस्यीय न्यायिक बेन्चले यो फैसला गरेको हो । 

समाचारअनुसार अयोध्याको विवादित २।७७ एकड जमिन हिन्दू पक्षलाई मन्दिर बनाउन दिने सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको हो । 

अदालतले केन्द्रीय सरकारलाई तीन महिनाभित्र ट्रष्ट बनाएर त्यसलाई कार्यान्वयन ल्याउन निर्देशन दिएको छ ।  

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यासम्बन्धमा सर्वोच्चको फैसला स्वीकारिनुपर्ने बताएका छन् । 

मोदीले उनको ट्वीटमा लेखेका छन् ,‘ देशको न्यायपालिकाको मान–सम्मानालाई सर्वोपरी राख्दै समाजका सबै पक्षले हिजोको दिनमा सौहार्दपूर्ण र सकारात्मक वातावरण बनाउनको लागि जुन प्रयास गरे, त्यो स्वागत योग्य छ । अदालतको निर्णयपछि पनि हामीले सौहार्दपूर्ण अवस्था कायम राख्नुपर्छ । ’ -एजेन्सी ।

कमेन्ट लोड गर्नुस