सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, कालापानी र लिपुलेकबारे छलफल गरिने

२०७६ कार्तिक २३, १०:४०

भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन ।

प्रधानमन्त्रीले आज दिउँसो ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिए। 

बैठकमा पूर्व(प्रधानमन्त्रीहरु, पूर्व( परराष्ट्र मन्त्रीहरू, राजनीतिक दलका नेता, सीमाविद्, परराष्ट्र मामिलाका जानकार लगायतलाई बोलाइएको छ। भारतले कालापानीलाई आफ्नो नक्सामा समेटेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ। 
विभिन्न राजनीतिक दल, तिनका संगठन र सरकारले नै भारतीय कदमको विरोध गरेका छन्। भारतले भने नयाँ नक्सामा कुनै फेरबदल नगरिएको दाबी गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस