सुदूर नेपाललाई विश्वसँग जोड्दै

अतिक्रमण हुँदै गएको टुँडिखेलको संरक्षण गर्न मानव साङ्लोले घेरियो

२०७६ कार्तिक २३, १०:१९

अतिक्रमण हुँदै गएको टुँडिखेल क्षेत्रको संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले टुँडिखेललाई मानव साङ्लोले घेरिएको छ। विश्व स्वतन्त्र दिवसको अवसर पारेर ‘अकुपाई टुँडिखेल’नाम दिइएको अभियानमा ३ हजार जनाको मानव साङ्लो बनाएर घेरिएको हो।

रत्नपार्कदेखि खुल्लामञ्चसम्मको घेरिएको टुँडिखेल पछिल्लो समय सबैभन्दा विकृत अवस्थामा छ। बसपार्कको भ्युटावर बन्ने समय लम्बिएसँगै खुल्लामञ्चमा सारिएको अस्थायी बसपार्क्भित्र काठमाडौं महानगरले रातारात ढलान गरेको छ। सँगैको दुइमाजु मन्दिरमा रहेका अनधिकृत पसलपनि हटेका छैनन्। 

राजनीतिक भाषणले गुञ्जने खुल्लामञ्चको चउर पार्किङस्थल बनिसकेको छ। टुँडिखेलमा रहेको सैनिकमञ्च सेनाको कब्जामा छ भने दशरथ रंगशालापट्टिको भागमा सेनाकै भवन छन्। यो क्षेत्र सर्वसाधारणका लागि निषेधित छ। रंगशालादेखि रानीपोखरीसम्मको टुँडिखेल सबै सार्वजनिक जग्गाभित्र पर्ने भएपनि सेना र सरकारको कब्जामा छ।
 

कमेन्ट लोड गर्नुस