सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्पतालको भर्याङमा झुण्डिएर बिरामी कुरुवा मृत्यु

२०७६ कार्तिक २३, ०९:३७ खबर संवाददाता

चितवनको भरतपुर अस्पतालको र्भयाङमा एक कुरुवाको  झुण्डिएर मृत्यु भएको छ। एक कुरुवा पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको हो।

अस्पतालको मेडिसिन विभाग नजिकको र्भयाङमा झुण्डिएको अवस्थामा लम्जुङका विष्णु सुनारको शव फेला परेको प्रहरीले बताएको छ। लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका सुनारको घाँटीमा रुमाल जस्तो सलको पासो छ। गएराति करिब ८ बजे उनी मृत अवस्थामा फेला परेको चितवन प्रहरीले बताएको छ। 

उनी सुत्केरी श्रीमतीको उपचारका लागि अस्पताल आएका हुन्। तीन महिना अगाडि सुत्केरी भएकी श्रीमतीलाई मुटुको तल्लो भागमा पानी जमेपछि कात्तिक १७ गते सुनार अस्पताल आएका थिए। सासुसहित अस्पताल आएका उनले आत्महत्या गरेको चितवन प्रहरीको भनाइ छ। उनले आत्महत्या गर्नुको कारण खुलेको छैन्। भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले  उनको श्रीमतीको स्वास्थ्यमा सुधार हुँदै गएको थियो बताए।

शनिबार उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको थियो। श्रीमान–श्रीमतीको सधै झगडा हुने भएकाले उनले आत्महत्या गरेका हुन सक्ने पौडेलले बताए। शव अस्पतालको शवगृहमा राखिएको छ ।
 

कमेन्ट लोड गर्नुस