सुदूर नेपाललाई विश्वसँग जोड्दै

रौतहट नरसंहार: पतीको निधन अन्तै भएको भन्दै मृतककी पत्नीले दर्ता गराईन अदालतमा निवेदन

२०७६ कार्तिक २२, ०६:११

रौतहटको राजपुर फरहदवा गाउँमा भएको नरसंहार प्रकरणमा पीडित भनिएकी महिलाले आफ्ना पतिको हत्या नभएको भन्दै निवेदन दर्ता गराएकी छन्।  रौतहट जिल्ला अदालतका एक जना कर्मचारीका अनुसार बम विस्फोटमा परी घाइते भएको अवस्थामा इँटाभट्टामा जिउँदै जलाएर मारेका ओशी अख्तरकी पत्नी आमना खातुनले निवेदन दर्ता गराउँदै आफ्नो पतिको हत्या नगरिएको बताएकी छन । श्रीमान उक्त समयमा भारतमा रोजगारीका लागी गएकाले उनको उतै निधन भएको उल्लेख गरीएकी छन्। अदालतका एक कर्मचारीले भने–‘त्यो निवेदन अहिले श्रीमानको इजलाशमा छ, थुनछेक बहस सकिएर आदेश भएपछि विस्तृत जानकारी दिन सकिन्छ ।’ 

मृतक ओशी अख्तरकी आमा रुक्साना खातुन जाहेरवाली थिइन। छोराको हत्या भएको भन्दै उनले र अर्का मृतक पिन्टु भनिने त्रिलोक प्रताप सिंहका बुवा श्रीनारायण सिंहले छुट्टाछुट्टै जाहेरी दिएका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन एसपी लक्ष्मण नेउपानेले जाहेरी दर्ता नगरेपछि उनीहरूले हुलाक कार्यालयमार्फत जाहेरी दिएका थिए। छोराका हत्यारालाई कारबाही गर्नुपर्ने अभियान चलाएकी रुक्साना खातुनको गोली प्रहार गरेर हत्या गरिएको थियो।

छोराको न्यायका लागि लड्दै आएकी रुक्सानाको समेत हत्या भएपछि उनका पतिले पनि अर्को महिलासँग बिहे गरेका छन । मृतक अख्तरकी पत्नी आमना भने आफ्नो माइतिमा बुवा मोहम्मद समसुलको घरमा बस्दै आएकी छन। आलम पक्राउ परेपछि समसुल आफ्नो ज्वाइँको न्यायका लागि खुलेर बोलेका थिए। त्यति मात्र होइन, विभिन्न डरत्रास, धाकधम्की तथा प्रलोभन समेत दिने गरेका भएपनि आफूहरू कुनै पनि हालतमा पछाडि नहट्ने तथा आलमलाई कारबाही हुनैपर्ने बताउने गरेका थिए।

अदालतमा मुद्दा दर्ता भएपछि उनको छोरी तथा मृतककी पत्नी आमनाले बयान फेरेकी छन। यससन्दर्भमा आमनाका बुवा समसुलले आफूलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिए। मुख्य अभियुक्त आफताब आलमलाई हिरासत राखेर, साधारण तारेख वा धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने विषय रौतहट जिल्ला अदालतमा विचाराधीन छ।
 

कमेन्ट लोड गर्नुस