सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजपनि सकिएन आलमको थुनछेक बहस

२०७६ कार्तिक २२, ०४:२१

हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफ्ताव आलमको मुद्धामा शुक्रबार पनि थुनछेक बहस सकिएको छैन। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा ९ जना कानुन व्यवसायीले बहस गरेका छन्।

पर्सा जिल्लाका न्यायाधीवक्ता रुद्रप्रसाद पन्थी, रौतहटका साहयक न्यायाधीवक्ता रुद्रप्रसाद पन्थीले बहस गरेका छन्।  यस्तै वादीको तर्फबाट कानुन व्यवसायी डा.युवराज संग्रौला, कुमार शर्मा आचार्य, गोविन्द शर्मा, ओम प्रकाश अर्याल, दिनेश त्रिपाठी, आशिष राम कार्की, मनिष कुमार श्रेष्ठ, पुष्पराज पौडेलले बहस गरेको स्रस्तेदार गुणराज पराजुलीले जानकारी दिएका छन्।

२०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका हुन्। 
 

कमेन्ट लोड गर्नुस