कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा लगाइयो ताला

खवर संवाददाता
२०७६ कार्तिक २२, ०४:१०
अ+

कञ्चनपुरको लालझाडी गाउँपालिका– ३ को कार्यालयमा तालबन्दी गरिएको छ। वडा कार्यालय अन्यन्त्र गाउँमा सार्ने विषयमा तीन गाउँका स्थानीयसहित नेकपा लालझाडी गाउँपालिका ३ नम्बर वडा कमिटिले तालाबन्दी गरेको हो।

जनताको सहमती बिना पायक नपर्ने स्थानमा वडा कार्यालय सार्न लागिएको भन्दै नेकपासहितका स्थानीयले कार्यालयमा अनिश्चितकालिनका लागि तालाबन्दी गरेको नेकपाका नेता अमरसिह रानाले बताए। 

उनले भने ‘हामीले यस बारेमा वडाध्यक्ष, गाउँपालिका प्रमुख सबैलाई अनुरोध गर्दै आएका थियौँ तर हाम्रो विषयमा कसैले सुनिदिएन, जनताको मर्मभावना विपरित वडा कार्यालय सार्ने प्रपञ्च भयो।’  

तालाबन्दी भएसँगै वडा कार्यालयको कामकाज ठप्प भएको छ ।