सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुस्लिम आयोगको सरकारलाई सिफारिसः मुहम्मद जयन्ती र बक्र इदमा सार्वजनिक विदाको माग

२०७६ कार्तिक २२, ०१:३५

मुहम्मद जयन्ती र बक्र इदमा सार्वजनिक विदाको माग गर्दै मुस्लिम आयोगले सरकारलाई सिफारिस गरेको छ।  आयोगले महुम्मद जयन्तीका अवसरमा कात्तिक २४ गते सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको हो।

गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर आयोगका अध्यक्ष समिम मिया अन्सारीले मुस्लिम समुदायका दुई पर्व बक्र इद र मुहम्मद जयन्तीमा विदा घोषणा गर्न सिफारिस गरेका हुन्।

यस वर्षको मुहम्मद जयन्ती दिवस कात्तिक २४ गते परेको छ । यसअघिका सरकारले इद र बक्र इदको बिदा पनि मुस्लिम समुदायलाई मात्र कायम गरेकोमा यो सरकार आएपछि इद विदालाई राष्ट्रिय सार्वजनिक विदाको रुपमा पुनस्र्था्पित गरेको आयोगले जनाएको छ ।
मुस्लिम सुमदायसँगको सम्झौतामै इद, बक्र इद र मुहम्मद जयन्तीलाई बिदा घोषणा गरिने भनिएकाले बक्र इद तथा मुहम्मद जयन्तीमा राष्ट्रिय सार्वजनिक बिदा दिन आयोगले सिफारिस गरेको छ ।

कमेन्ट लोड गर्नुस