सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा सहित कैलालीका डेढ सय जनालाई स्पष्टिकरण

२०७६ कार्तिक २२, १०:२५ खबर संवाददाता

नेपाली काँग्रेसको केन्द्रिय अनुशासन समितिले पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा सहित कैलालीका डेढ सय जना बढि नेता, कार्यकर्तालाई स्पष्टिकरण सोधेको छ। नेपाली काँग्रेस केन्द्रिय कार्यालय अन्तरगतको केन्द्रिय अनुशासन समितिले ओझा सहित डेढ सय बढि नेताकार्यकर्तालाई स्पष्टिकरण सोधेको हो।

अनुशासन समितिका संयोजक भीष्मराज आङदेम्वेले लिखित रुपमा २० दिन भित्र लिखित रुपमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएका छन्। उनीहरुलाई स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्बाचनमा असहयोग गरेको भन्दै स्पष्टिकरण सोधिएको हो।
 

कमेन्ट लोड गर्नुस