सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले नयाँ नक्सामा नेपाली भूमिलाई राखेपछि भारतीय दुतावासमा नेविसंघको बिरोध

२०७६ कार्तिक २१, ०२:५२ खबर संवाददाता

भारतीय दूतावास अगाडि नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध प्रदर्शन गरेको छ। भारतको नयाँ नक्सामा नेपालको कालापानी,  लिपुलेक र लिपुवाधुरा परेपछि नेविसंघले बिहीबार लैनचौरस्थित भारतीय दूतावासअघि विरोध प्रदर्शन गरेको हो। नेविसंघका विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’ लेखिएका ब्यानरसहित विरोध प्रदर्शनमा उत्रिएका थिए। विद्यार्थीहरुले भारतीय सीमा अतिक्रमणविरुद्ध नाराबाजी गरेका हुन्। 
नेविसंघले नै त्रिचन्द्र क्याम्पसअगाडि भारतीय सीमा अतिक्रमणको विरुद्ध प्रदर्शन गरेको थियो। नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै भारतीय दूतावासमा नेविसंघको ज्ञापन पत्र समेत बुझाएको छ। नेपाल विद्यार्थी संघले नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै बिहीबार भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको हो।  

कमेन्ट लोड गर्नुस