सुदूर नेपाललाई विश्वसँग जोड्दै

बग्दादीकी श्रीमती पक्राउ

२०७६ कार्तिक २१, ०२:१९ खबर संवाददाता

इस्लामिक स्टेट (आइसिस) का तत्कालीन प्रमुख अबु बकर अल बग्दादीकी श्रीमती पनि पक्राउ परेकी छन्। उनलाई पक्राउ गरी टर्कीको हिरासतमा राखिएका राष्ट्रपति रेसेप तय्यिप एन्दोर्गनले अंकारा विश्वविद्यालयमा बोल्दै जानकारी दिएका छन्। यसअघि गत सोमबार बग्दादीकी दिदी, उनका श्रीमान र बुहारीलाई पक्राउ गरिएको थियो। बग्दादीकी श्रीमती कहाँबाट कसरी पक्राउ गरियो भन्ने बारेमा भने राष्ट्रपति रेसेपले कुनै जानकारी जानकारी गराएनन्।
बग्दादी शनिबार २६ अक्टोबरमा अमेरिकी सेनाद्वारा मारिएका थिए। आइसिसले बग्दादीको मृत्यु भएको स्वीकार गर्दै नयाँ प्रमुख समेत चुनिसकेको छ।
 

कमेन्ट लोड गर्नुस