सुदूर नेपाललाई विश्वसँग जोड्दै

विमानस्थलमा शंकास्पद वस्तु भेटियो

२०७६ कार्तिक १५, ०१:४० खबर संवाददाता

भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु भेटिएको छ। विमानस्थलको आगमन क्षेत्रको टर्मिनल–३ मा शुक्रबार बिहान शंकास्पद वस्तु भेटिएको हो। शंकास्पद वस्तु राखिएको झोला भेटिएको सूचना पाएलगत्तै प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको छ। झोलाभित्र विस्फोटक पदार्थ (आरडीएक्स)हुनसक्ने आशंका प्रहरीको छ। यद्यपि, अहिलेसम्म त्यहाँका सुरक्षाकर्मीले यसको पुष्टि गर्न भने सकेका छैनन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, बम डिस्पोजल टोलीले उक्त वस्तु निस्क्रिय पार्ने प्रयास गरिरहेको छ। टाइम्स अफ इण्डियाका अनुसार ट्रलीमा बेवारिसे कालो झोला भेटिएको थियो। शंकास्पद लागेपछि सुरक्षाकर्मीले तालिमप्राप्त कुकुरबाट जाँच गराएका थिए। कुकुरले बिष्फोटक पदार्थ भएको सकारात्मक संकेत देखायो। त्यसपछि एक्सरे पनि गरियो। तर, एक्सरेबाट पनि बिष्फोट पदार्थ नै हो भनेर एकीन गर्न सुरक्षाकर्मीले सकेनन्।

विमानस्थलमा शंकास्पद वस्तु भेटिएको खबर एकैछिनमा विमानस्थलमा फैलिएको थियो। खबर फैलिएपछि विमानस्थलका यात्रुहरूबीच भागदौड मच्चिएको बताइएको छ। सो क्षेत्रमा गाडीहरुको आवात जावत बन्द गरिएको छ। शंकास्पद वस्तु भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेका छन्।

कमेन्ट लोड गर्नुस