सुदूर नेपाललाई विश्वसँग जोड्दै

हवाई कारबाहीमा ६ तालिबान लडाकू मारिए

२०७६ कार्तिक १४, ०५:४९ खबर संवाददाता

अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा छ तालिबान लडाकू मारिएका छन्। लडाकू विमानले तालिबानीलाई लक्ष्य गरी यो कारबाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले  बिहीबार बताएका छन्।

हवाई कारबाहीमा परी अन्य पाँच लडाकू घाइते भएका छन्। यस हवाई कारबाहीको क्रममा सुरक्षाबल र  सर्वसाधारणतर्फ भने कुनै हताहतको खबर नभएको बताइएको छ।  अफगानिस्तानको राजधानी काबुलबाट २ सय ४५ किलोमिटर उत्तरमा पर्ने तखार प्रान्तमा सक्रिय रहेका तालिबानी लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन्। रासस
 

कमेन्ट लोड गर्नुस