सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनले बनायो बिजुलीबाट चल्ने प्लेन

२०७६ कार्तिक १४, ०४:३५ खबर संवाददाता

संसारका धेरै देशको ध्यान अहिले बिजुलीबाट चल्ने कार बनाउन र चलाउनमा छ। केही कम्पनीले उड्ने ट्याक्सी बनाउने प्रयास जारी राखेका छन्। हाम्रो उत्तरी छिमेकी चीन भने यो मामिलामा एक कदम अघि बढेको छ, उसले ब्याट्री उड्ने प्लेन बनाएको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार मंगलबार ब्याट्रीबाट चल्ने प्लेनको सफल परीक्षण उडान भएको छ। आरएक्सफोरई नाम दिइएको ब्याट्रीबाट चल्ने प्लेनले चीनको उत्तरपूर्वी शहर सेन्याङबाट उडान गरेको हो। १२ सय किलोग्राम तौल भएको प्लेन ४ सिटको छ। ८ दशमलव ४ मिटर लामो प्लेन ब्याट्री एक पटक फूल चार्ज भए तीन सय किलोमिटर उड्न सक्छ।

जहाजका पखेटा साढे १३ मिटर लामा छन्। तौल कम गर्न जहाजका अधिकांश पाटपुर्जा कार्वन फाइबरबाट बनाइएको छ। प्लेन मुख्य रूपमा छोटो दूरीका उडान र पाइलटको तालिम, दश्यावलोकन, एरियल फोटोग्राफी, एरियल म्यापिङलगायतका काममा प्रयोग हुन।
 

कमेन्ट लोड गर्नुस