सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी बस दुर्घटना: घाईतेलाई उपचारका लागि अत्तरिया ल्याईयो (नाम सहित)

२०७६ कार्तिक २, ०६:३३ खबर संवाददाता

डडेल्धुराबाट महेन्द्रनगरका लागी छुटेको बस डोटीमा दुर्घटना हुदा घाईते भएका १२ जना मध्ये ९ जनालाई उपचारका लागि अत्तरिया ल्याईएको छ। महेन्द्रनगरतर्फ आईरहेको ना ४ ख ८२३५ नम्बरको बस आज दिउँसो भीमदत्त राजमार्गको जोरायल गाउँपालिका वडा नम्बर २ को गरुडमा दुर्घटना हुदा घाईते भएका बस चालक सहित ९ जनालाई उपचारका लागि अत्तरिया स्थीत पदमा अस्पतालमा ल्याईएको हो। 

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नीरिक्षक मोहन साउँदका अनुसार दुर्घटनामा परी घाईते भएका बस चालक बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ का ३३ वर्षीय सुरेन्द्र विष्ट सहितका ९ जनालाई उपचारका लागी अत्तरिया ल्याइएको हो।

घाईते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय मेखराज जोशी, दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ७ का १९ वर्षीया सृष्टि ओली,  बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ६ का २२ वर्षीय नरेश चन्द, कैलालीको चुरे गाउँपालिका ६ बस्ने २५ वर्षीया लक्ष्मी विक, सोही स्थानकी ४७ वर्षीया कौसिला विक, धनगढी उपमहानगरपालिका  ७ बस्ने ४० वर्षीया हिरा चौधरी, डोटीको केआइसिह गाउँपालिकाका  ४० वर्षीय धनबहादुर रावल र डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय  तारा जोशी जोशीको पनि अत्तरियामा उपचार भईरहेको प्रहरी नीरिक्षक साउदले बताए। 

अन्य तीनजना घाईतेलाई आफन्तले नै उपचारका लागि अस्पताल भर्ना गरेकाले परिचय नखुलेको जनाईएको छ। २५ जना सवार बस आज दिउसो सवा ३ बजेतीर दुर्घटनामा परेको थियो। बस सडकबाट १० मिटर मात्रै तल खेतमा खस्दा धेरै क्षती हुन नपाएको हो। प्रारम्भीक अनुसन्धान अनुसार तिव्र गतीमा रहेको बस अनियन्त्रीत भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस