सुदूर नेपाललाई विश्वसँग जोड्दै

भजनीमा भएको फुटवल प्रतियोगिताको उपाधि रिमझिम कटेजलाई

२०७६ कार्तिक २, ०५:५९ खबर संवाददाता

कैलालीको भजनी नगरपालिका वडा नम्वर ७ चर्रामा भएको फुटवल प्रतियोगिताको उपाधि जोशीपुर गाउँपालिका वडा नम्वर ३ को रिमझिम कटेजले जितेको छ। पुरैना युवा क्लवको १५ औँ बार्षिकोत्सव तथा विजयादशमीको अवसरमा आयोजना गरिएको फुटवल प्रतियोगिताको फाईनलमा आयोजक पुरैना क्लवलाई ३–२ ले हराउँदे रिमझिम च्याम्पीयन भएको हो। रिमझिमका लागि अशोक चौधरीले ह्याट्रकी गरे भने पुरैनाका लागि रविन्द्र कठरीया र मनोज चौधरीले एक/एक गोल गरे।

विजेता भएसंगै रिमझिमले संगै नगद ३० हजार सहित ट्रफि र मेडर पाएको छ। उपविजेता बनेको आयोजकले १५ हजारमा चित्त बुझाएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी रिमझिमका अशोक चौधरी, उत्कृष्ट गोल रक्षकमा ललित ताम्राकार, उत्कृष्ट रक्षक हेमन्त थापामगर र सर्वाधिक गोलकर्ता प्रयान्सु भुर्जी भएका छन्। विजयी खेलाडीलाई एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको छ। क्लवका अध्यक्ष अर्जुन कठरीयाको अध्यषतामा भएको कार्यक्रमका प्रमुख अतिथी भजनी नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष अमर वहादुर कठरीया रहेका थिए।

कमेन्ट लोड गर्नुस