सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुडानमा बाढीका कारण दुई लाख मानिस विस्थापित

। फोटो स्रोत ।
२०७६ कार्तिक २, ०४:१०

दक्षिणी सुुडानमा आएको भीषण बाढीबाट कम्तीमा पनि दुई लाख नागरिक विस्थापित हुनुपरेको सुरक्षा अधिकारीले जनाएका छन्। दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा अकस्मातरुपमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित हुनुपरेको बताइएको हो। नाइल नदीको किनारातिर रहेको बस्तीका नागरिक बढी प्रभावित भएको सुरक्षाअधिकारीले जानकारी दिएका छन्। उनीहरुमध्ये कतिपयलाई सुरक्षित स्थान खोजेर सारिएको छ भने अधिकांश आफैँ भागेर सो क्षेत्रमा पुगेका छन्।

त्यसैगरी सुरक्षित स्थानतर्फ भाग्नेमा अधिकांश सुडानबाट आएका शरणार्थी रहेका छन्। संयुक्त राष्ट्रसङ्घीय शरणार्थी आयोगले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सुडानी शरणार्थीको शिविर नै बाढीको चपेटामा परेकोले उनीहरु त्यहाँबाट भाग्न बाध्य भएका बताइएको छ। 

उक्त विज्ञप्तिमा नदीको पानी बस्तीमा पसेको छ। बाटो घाटो विग्रिएको छ भने शरणार्थीका छोराछोरी पढ्ने विद्यालय पनि पानीले भरिएको छ। बाढीले अन्य भौतिक संरचनाका साथै खानेपानी, बिजुली, अस्पतालजस्ता आधारभूत सुविधाको संरचना पनि भत्काइदिएको बताइएको छ।

अस्पतालमा नै पानी पसेपछि नागरिकको स्वास्थ्य सुविधा अवरुद्ध भएको छ। जसका कारण घाइतेको उपचारको काम पनि हुन नसकेको बताइएको छ। इथियोपियाको सीमा क्षेत्रबाट आएको बाढीले यहाँका नदीको सतह बढ्न पुगेको छ। मौसम विज्ञासम्बन्धी अधिकारीले अकस्मातको पानीले धेरै क्षति पु¥याएको र अझै केही समय वर्षात नरोकिने बताएका छन्।  

यस देश सन् २०१३ देखि द्वन्द्वको चपेटामा परिरहेको छ। युद्धका कारण विस्थापित भएका सुडानका करीब तीन लाख शरणार्थी दक्षिणी सुडानमा बस्दै आएका छन्। त्यसैगरी यस देशमा जारी द्वन्द्वका कारण पनि करीब १५ लाख नागरिक आन्तरिकरुपमा विस्थापित भएर शरणार्थीको रुपमा जीवन व्यतित् गरी आएका पनि राष्ट्रसङ्घीय शरणार्थी आयोगले जानकारी दिएको छ। रासस
 

कमेन्ट लोड गर्नुस