सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मुन्द्रे यातायातले यात्रुलाई सास्ती

२०७६ कार्तिक २, ०२:४६ खबर संवाददाता

भुवन भट्ट– धनगढी– पश्चिमी सिमा नाका गड्डाचौकीमा मुन्द्रे यातायातबाट यात्रुहरु ठगिने क्रम रोकिएको छैन्। तानातान गरेर जबरजस्ती सवारी साधनमा चढ्न दवाव दिई बढी शुल्क असुल्ने गरेको भन्दै यात्रुहरुले गुनासो गरेका हुन्।

कामको शिलशिलामा भारत गईरहेका बेलौरीका नरेन्द्र महराले मुन्द्रेहरुको व्यवहार सहन नसक्नु भएको गुनसो गरे। “४–५ मोटरसाईकल सँगै आउछन, आ–आफ्नो सवारीमा चढ्न दबाव दिने तथा तानातान गर्ने गरेका छन्।” उनले भने।

स्थानीय व्यापारी रमेश नाथले भारत बाट आएका यात्रुहरु गड्डाचौकीमा रोक्न नपाउँदै  मुन्द्रे यातायातले तानातान गरी यात्रु महेन्द्रनगर पुगाउने गरेका बताए। स्थानीय व्यापारीहरुले मुन्द्रेबाट महिला बेचखिन समेत हुने गरेको बताएका छन्।

दिउँसोदेखि साझँ सम्म महिलाहरु अन्य प्रयोजनका लागि भारत लगिने गरेको स्थानीय व्यापारी निरु बिकले बताईन्। उद्योग वाणिज्य सँघ कञ्चनपुरका अध्यक्ष जंग बहादुर मल्लले मुन्द्रे यातायातको सास्तीले समस्या उत्पनन भएको बताए।

उनले मुन्द्रे यातायातमाथि प्रहरीले निगरानी समेत नराखेको बताए। महेन्द्रनगरको बसपार्क देखी भारतको बनबासा सम्म पनि मुन्द्रे यातायात सञ्चालनमा छ। 

मुन्द्रे यातायातको सास्ती नियन्त्रणका लागि ट्राफिक प्रहरी कार्यालय कञ्चनपुर भने लागि परेको प्रहरी निरीक्षक प्रकास कुमार केसिले जानकारी दिए। उनले चालु वर्षमा तिन दर्जन बढी मुन्द्रेलाई नियन्त्रणमा लिएर जरिवाना गराईएको बताए। “

आफुहरुले निगरानी त बढाएकै छौ, गस्ती गएको समयमा मुन्द्रेहरु नियमबद्ध तरीकारले १ जना यात्रु राख्ने गरेका पाईएको छ’ उनले भने–‘क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको भन्ने सुन्नमा त आईरहेकै हुन्छ। ”

कमेन्ट लोड गर्नुस