सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाइजो नल्याएको भन्दै भारतमा एक नेपाली युवतीको हत्या

२०७६ असोज २६, ०७:२३ खबर संवाददाता

दाइजो नल्याएको भन्दै एक नेपाली युवतीको हत्या भएको छ। विवाहमा कबुल गरेको २ लाख रुपैयाँ नदिएको भन्दै विराटनगर महानगरपालिका–११ पिछरा माइती भएकी २२ वर्षीय रञ्जना सहनी (बहरदारं)को हत्या भएको जनाइएको छ।

भारत अररिया जिल्लाको जोगवनीस्थित ३ किलोमिटर दक्षिण भवानी पुरस्थित ‘परमान’ खोलामा हातखुट्टा बाँधेर फालेको अवस्थामा रञ्जनाको शव फेला परेको जोगवनी प्रहरीले जनाएको छ।  मृतकको अनुहार र शरीरमा चोट लागेकाले हत्या गरी खोलामा फालेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

जोगवनी प्रहरीले हत्या आरोपमा सहनीका श्रीमान भारतीय नागरिक जोगवनी भेडयारीका २५ वर्षीय भीम बहरदार सहनीसहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सैनी बहरदार, अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखिया छन्। सहनीको गत फागुनमा जोगवनी भीम बहरदारसँग विवाह भएको थियो। बिहेपछि ससुरालीले कबोलेको २ लाख रुपैयाँ नदिएको भन्दै रञ्जनालाई कुटपिट गर्दै आएको माइती पक्षले बताएका छन्। रञ्जना आफ्नो घरबाट गत शुक्रबारदेखि हराएकी थिइन।
 

कमेन्ट लोड गर्नुस