सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोली हानेर युवकको हत्या

२०७६ असोज २६, ०६:५६ खबर संवाददाता

रौतहटमा गोली हानेर युवकको हत्या गरिएको छ। जिल्लाको इशनाथ नगरपालिकामा एक युवकको गोली हानेर हत्या भएको हो। भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल फेरी भारत तर्फ फर्किएको स्थानीयले बताएका छन्। नगरपालिकाको वडा नम्बर ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुलनजिकै एक युवकमाथि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए। मृत्यु भएका युवकको पहिचान खुलेको छैन्। भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ। मृतक युवक अन्दाजी २५ बर्षका देखिन्छन्। 
मृतकको साथ बाट उनको पहिचान हुने कुनै बस्तु फेला नपरेको र हत्यामा प्रयोग भएको गोलीको खोका अत्याधुनिक हतियारको भएको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका  प्रवक्ता कार्कीले बताए। 

 

कमेन्ट लोड गर्नुस