सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्घटनामा मृत्यु भएका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने सहमति

२०७६ असोज २६, ०६:१० खबर संवाददाता

काभ्रे दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतीपुर्ती दिने सहमति भएको छ। काभ्रेको रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने गाडीधनि संग सहमति भएको हो। असोज २४ गते महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा साँझाकोटमा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार  मृतक दुई जनाको परिवारलाई क्षतिपूर्तिबापत पाँच÷पाँच लाख रुपैयाँ उपलब्ध गराउने, किरिया खर्चबापत पचास/पचास हजार दिने र घाइतेको उपचार गरिदिने गाडी धनी सुनिल थापा तथा मृतकका आफन्तबीच आइतबार सहमति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतकका परिवारलाई पाँच लाख रुपैयाँ दिने सहमति भएपछि परीक्षणपश्चात् आफन्तले शव जिम्मा लिएका छन्। किरिया खर्चबापतको पचासरपचास हजार रकम आज नै उपलब्ध गराइसकेको र क्षतिपूर्ति रकम १५ दिन भित्रमा दिने सहमति भएको प्रहरीले जनाएको छ। सो घटनामा परी सोही गाउँपालिकाको वडा नम्बर २ अमलवासका वकिल बोम्जन र सोही ठाउँ घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका बस्ने प्रकाश मोक्तानको मृत्यु भएको थियो। उक्त घटनामा परी ३२ जना घाइते भएका र उनीहरुमध्ये केहीको उपचार भइरहेको तथा केही उपचारपश्चात घर फर्किसकेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस