सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र चीनबीच २० वटा सम्झौता (सूचीसहित)

। फोटो स्रोत ।
२०७६ असोज २६, ०३:३३ खबर संवाददाता

नेपाल र चीनबीच २० वटा सम्झौता भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच २० वटा सहमति तथा सम्झौता भएको हो। दुई देशको औपचारिक वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौता भएको हो। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल चीन सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ। शनिबार नेपाल आएका राष्ट्रपति सीले रात्रीभोजलाई सम्बोधन गर्ने क्रममा रेल्वेको सभाव्यता अध्ययन गरिने बताएका थिए।

चीनको केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भने यसअघि नै भइसकेको छ। पूर्वसम्भाव्यता अध्ययन टोलीले भौगोलिक कठिनाइ र खर्चिलो हुने भए पनि रेलमार्ग बनाउन असम्भव भने नभएको निष्कर्ष निकालेको बताइएको छ।

नेपाल र चीनबीच भएका २० वटा समझौता

१- सीमा व्यवस्थापन प्रणाली

२- सुशासन क्षमता विकासमा आदानप्रदान तथा सहयोग सम्बन्धी समझदारी

३- फौजदारी मामिलामा पारस्परिक कानूनी सहायतासम्बन्धी सन्धि

४- सगरमाथा संरक्षण सहकार्यसम्बन्धी समझदारी

५- नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका महत्त्वपूर्ण परियोजनाको प्रवर्द्धन तथा सहकार्य उत्पादनमूलक क्षमता विकास

६- छङ्दुमा नेपालको महावाणिज्य दूतावास स्थापनासम्बन्धी नोट आदानप्रदान

७- नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच चीन–नेपाल सीमापार रेलवे परियोजनासम्बन्धी समझदारी

८- कठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगिनी सम्बन्ध स्थापना

९- बुटवल र शियान शहरबीच भगिनी सम्बन्ध स्थापना

१०- नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्परागत औषधिसम्बन्धी राष्ट्रिय प्रशासनबीच परम्परागत औषधिसम्बन्धी समझदारी

११- नेपालको गृह मन्त्रालय र चीनको विपत् व्यवस्थापन मन्त्रालयबीच विपत् जोखिम न्यूनीकरण तथा आपतकालीन सहयोगसम्बन्धी समझदारी

१२- नेपालको महान्यायाधिवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्युरेरबीच सहकार्यको समझदारी पत्र

१३- नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्सिटच्युट मुख्यालयबीच त्रिविमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सहमति

१४- नेपालको कृषि मन्त्रालय र चीनको भन्सार विभागबीच अमिलो फलफूलको गुणस्तर मापनसम्बन्धी प्रोटोकल

१५- नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापार सम्बन्धी संयुक्त कार्यदल गठनको समझदारी

१६.- चीनको सहयोगमा नेपालमा भइरहेको भूकम्पपछिको पुनर्निर्माण परियोजनाको निरीक्षणको डेलिभरी यान्ड एक्सेप्टेन्स प्रमाणपत्र

१७- पालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहकार्य कार्यदल गठनको समझदारी

१८- नेपालको अर्थमन्त्रालय र चीनको अन्तर्रा्ष्ट्रिय विकास सहकार्य निकायबीच सुरुङमार्ग निर्माण सहकार्यको समझदारी

१९- सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरण सम्बन्धी पत्र आदानप्रदान

२०- काठमाडौं उपत्यकामा चीनको सहयोगमा महानगरीय खानेपानी सुधार परियोजनाको सम्भाव्यता अध्ययनको बैठकको टिपोट
 

कमेन्ट लोड गर्नुस