सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओली र सीबीच भेटवार्ता

२०७६ असोज २६, ०२:२७ खबर संवाददाता

नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार शिष्टाचार भेट गरेका छन्। दुई देशबीचको प्रतिनिधिमण्डस्तरीय वार्ता र सम्झौतापछि प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग सोल्टी होटेलमा अलग्गै भेटवार्ता गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार नेपाल आएका हुन्।

कमेन्ट लोड गर्नुस