सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरका किसानले २५ प्रतिशत धान भित्र्याए

२०७६ असोज २६, १२:३१ खबर संवाददाता

भुवन भट्ट– कैलाली र कञ्चनपुरका किसानले २५ प्रतिशत धान भित्र्याएका छन्। असोज पहिलो सातादेखि धान काट्न सुरु गरेका किसानहरुले २५ प्रतिशत भित्र्याएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले कैलालीको ७१ हजार हेक्टर क्षेत्रफल र कञ्चनपुरको ४८ हजार हेक्टर क्षेत्रफलमा धान बाली लगाईएकोमा २५ प्रतिशत भित्र्याइएको जानकारी दिए।

धान काट्ने समयमा वर्षा भएपछि ढिलो गरी किसानले भित्र्याउन सुरु गरेको उनले बताए। दुवै जिल्लामा अगाडी पाक्ने(अगौटे) धान काट्न सुरु भईसकेको भएपनि सावित्री, राधा चार, राधा १४ लगायतका धान भने अझै नपाकेको प्रमुख भट्टले जनाए। तर कैलाली र कञ्चनपुरका किसानले लगाएको ‘गरीमा’ जातको धानमा भने अझै बाला लागेको छैन्।

बिउमा मिसावट गरिएकाले बाला नलागेको आशंका गरिदै आएको छ। ज्ञान केन्द्र प्रमुख रामचन्द्र भट्टले बाला नलागेपछि बिउको डिएनए परीक्षणका लागि बाली विकास कार्यालय काठमाडौ पठाईएको जानकारी दिए। उनले केही दिनमा धानको परिक्षण रिर्पोट आउने बताए।  

परिक्षणबाट मिसावट गरिएको पुष्टि भए विक्रेतालाई प्रचलीत कानून अनुसार कारवाही गरिने उनले बताए। कैलाली र कञ्चनपुरका पाँच बिघा क्षेत्रफलमा लगाईएको गरिमा धानमा बाला नलागेको कृषि निर्देशनालयले जनाएको छ। 
   
 

कमेन्ट लोड गर्नुस