सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो पटक अन्तरिक्षमा हिँडेर इतिहास रच्ने लियोनोवको निधन

२०७६ असोज २५, १०:५८ खबर संवाददाता

सन् १९६५ मा पहिलो पटक अन्तरिक्षमा हिँड्ने अन्तरिक्ष यात्री एलेक्सी लियोनोवको शुक्रबार ८५ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेका लियोनोवको उपचारका क्रममा मस्को अस्पतालमा निधन भएको बताइएको छ। रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेंकोले लियोनोवको निधनलाई ‘पुरै ग्रहका लागि क्षति’ भएको बताएका छन्। त्यस्तै राष्ट्रपति भ्लादिमिर पुटिनले लियोनोवको साहसले सबैलाई प्रेरणा दिएको बताएका छन्।

एलेक्सी लियोनोव आफ्नो अन्तरिक्ष यानबाट बाहिर निक्लेर १६ फिट लामो केबलको सहयोगमा १२ मिनेटसम्म हिँडेका थिए। सन् २०१२ मा लियोनोवले बीबीसीसँग भेनका थिए, ‘तपाईँ यसलाई शब्दमा वर्णन गर्नै सक्नुहुन्न। बाहिर निस्केर केवल महसुस गर्न सकिन्छ कि हाम्रो चारैतर्फ कति विशाल संसार छ। तर अन्तरिक्ष यानबाट बाहिर निस्कनु लियोनोवका लागि ज्यान जोखिममा पार्नु नै सावित भयो। उनको स्पेससुट नराम्रोसँग क्षतिग्रस्त भएको तियो। उनलाई अन्तरिक्ष यानमा फर्कन निकै मेहनत गर्नु परेको थियो।

लियोनोवको जन्म साइबेरियामा भएको थियो। उनका बुवा स्टालिनको दमनका सिकार बनेका थिए। सन् १९४८ मा उनको परिवार पश्चिमी रुसमा बसाइँ सरेको थियो। एअरफोर्सको पाइलटका रुपमा सन् १९६० मा लियोनोवलाई अन्तरिक्ष यात्रीको प्रशिक्षणका लागि छनोट गरिएको थियो।  उनले यूरी गागरिनसँग प्रशिक्षण लिने मौका पाए, गागरिन अन्तरिक्षमा जाने पहिलो व्यक्ति हुन्। लियोनोवलाई ‘हिरो अफ् सोभियत युनियन’ को मेडलबाट दुई पटक सम्मानित गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस