सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ यू–१५ महिला च्याम्पियनिसपमा नेपाल बंगलादेशसँग २–१ ले पराजित

२०७६ असोज २४, ०५:४९ खबर संवाददाता

भुटानमा जारी साफ य–१५ महिला च्याम्पियनिसपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल शुक्रबार बंगलादेशसँग २–१ गोल अन्तरले स्तव्ध हुन पुग्यो। पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा एक गोल फर्काए पनि हार भने टार्न सकेन।

१२ औं मिनेटमा बंगलादेशकी साहिदा अक्तर रिपाले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिइन्। २५ औं मिनेटमा बंगलादेशले पाएको पेनाल्टीमा गोल संख्या दोब्बर बनाउन पुग्यो। बंगलादेशकी कप्तान समसुन्नाले पेनाल्टीमार्फत गोल गरेकी थिइन्। ६४ औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै अग्रता २–१ मा झारेकी थिइन्। तर त्यसपछि नेपालले थप गोल गर्न नसके पछि पराजित हुन पुग्यो।

कमेन्ट लोड गर्नुस