सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० सिरिज : नेपाल ६४ रनमा अल आउट

२०७६ असोज २३, ०५:१४ खबर संवाददाता

पाँच देशको सहभागिता रहेको टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले र ओमानलाई ६५ रनको झिनो विजय लक्ष्य दिएको छ। ओमान क्रिकेट संघको मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गर्याे। नेपालका ओपनर इशान पाण्डे मात्र दुई रनमा आउट भए जसका कारण नेपालले दुई रनमा पहिलो विकेट खेर फाल्यो।

त्यसपछि नेपालको स्कोर २६ रन हुँदा कप्तान पारस खड्का पनि आउट भए। उनी ५ रनमा पेभेलियन फर्किए। लगत्तै क्रिजमा गएका दिपेन्द्र सिंह ऐरीपनि रनआउट भएपछि नेपालले ३६ रनमा तेस्रो विकेट गुमायो। दिपेन्द्र र आरिफ शेखबीच तालमेल मिल्न नसक्दा दिपेन्द्र १० रनमा आउट भए।

त्यसको लगत्तै विनोद भण्डारी पनि चार रनमा बोल्ड भएपछि नेपालले ४१ रनमा चौथो विकेट गुमायो। नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन। स्कोरबोर्डमा ४२ रन हुँदा सन्दिप जोरा खाता खोल्न नपाउँदै आउट भए। त्यसपछि छैटौँ विकेटका रुपमा आरिफ शेख २० रनमा आउट हुँदा स्कोरबोर्डमा नेपालको स्कोर ४६ रन थियो। सातौँ विकेटका रुपमा करण केसी र सोमपाल कामी केहि टिक्ने प्रयास गरेका थिए। तर करण ८ रनमा आउट भएपछि नेपालले ५७ रनमा सातौ विकेट गुमायो।

त्यसपछि दशौँ ओभरमा नेपालको स्कोर ६१ हुँदा सोमापाल कामी आउट भए। लगत्तै एघारौँ ओभरको पहिलो बलमा सन्दीप लामिछाने नवौँ विकेटका रुपमा आउट भए।  लामिछानेलाई पहिलो बलमा आउट गरेका ओमनका आमिर कलीमले त्यसै ओभरको अन्तिम बलमा अविनाश बोहराको पनि विकेट लिएपछि नेपाल निर्धा्रित २० मध्ये ११ ओभरमात्र खेल्दै अल आउट भयो। बलिङतर्फ ओमानका आमिर कलीमले ५ विकेट लिए भने बिलाल खानले २ तथा मोहम्मद नदीम र खवर अलीले एक एक विकेट लिए।
 

कमेन्ट लोड गर्नुस