सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरका नाकाबाट ६ सय महिला तथा बालिकाको उद्धार

२०७६ असोज २३, १०:१७

भुवन भट्ट

माईती नेपालले कैलाली र कञ्चनपुरका सीमा नाकाबाट छ सय महिला तथा बालिकाको उद्दार गरेको छ। बेचबिखन गर्न विभिन्न प्रलोभन देखाएर सीमा कटाउने क्रममा एक वर्षको अवधीमा दुवै जिल्लाका सीमानाकाबाट छ सय महिला तथा बालिकाको उद्दार गरिएको हो। 

माईती नेपाल कैलालीका संयोजक शिव चरण चौधरीले गत आर्थीक वर्ष २०७५/०७६ मा गौरीफण्टा, खक्रौला लगायतका नाका हुँदै भारत लैजादै गरेको अवस्थामा एक सय ५६ महिला तथा बालीकाको उद्धार गरीएको बताए।

‘बढिजसो १५ देखी १९ वर्ष उमेर समुहका महिला तथा युवतीहरुलाई विभिन्न प्रलोभन देखाएर भारत लैजने गरिएको देखिएको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षको हाल सम्म पाि एक सय तीन महिला तथा बालबालीकाको उद्धार गरीएको छ।’

उनीहरु मध्ये धेरैलाई परिवारको जिम्मा समेत लगाईसकेको छ। तर समाजमा पुनस्थापना गराउन भने समस्या हुँदै आएको छ। यसैगरी माईती नेपाल कञ्चनपुरले पनी २ सय ९३ महिला तथा बालबालीकाको उद्धार गरेको जनाएको छ।  

गत आर्थीक वर्ष २०७५÷०७६ देखी चालु आर्थीक वर्षको भदौं मसान्त सम्म गड्चौकी नाका तथा भीमदत्त र महाकाली नगरपालिका जोड्ने झोलुङ्गे पुल हुँदै भारत लैजाने क्रममा उद्दार गरिएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताईन्। 

दलालहरुले बढिजसो मुख्य नाका नभएर चोर बाटो प्रयोग गर्ने गरेको भट्टले बताईन्। महिला तथा किशोरीहरुलाई सामाजीक सञ्जाल फेसबुकबाट विभिन्न किसिमका प्रलोभन देखाएर बेचबिखनका लागि लैजाने गरिएको माईती नेपालले बताउँदै आएको छ।

माईती नेपाल कञ्चनपुरले गत वर्ष नेपालबाट भारत पु¥याएर श्रम शोषण गर्दै आएको अवस्थामा १२ जना बालबालिकालाई समेत उद्दार गरेको थियो।
 

कमेन्ट लोड गर्नुस