सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैँ अन्तरगत आज द्वादशी, टीका जमरा थाप्ने क्रम पनि जारी

२०७६ असोज २३, ०७:११ खबर संवाददाता

हिन्दु नेपालीहरुको महान पर्व दशैँको १२ औ दिन आज द्वादशी। मान्यजनबाट टीका जमरा थाप्ने क्रम आज पनि जारी नै रहने छ। टाढा रहेका र टीकाको दिन जान नभ्याएकाले आज पनि टीका जमरा लगाई आशिर्वाद लिने छन्।

यो क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने छ। तर बडा दशैंको टिका थापेपछि कर्मथलोमा फर्कने क्रम पनि सुरु भईसकेको छ।

बडादशैँको टिका थापेपछि दशैको दोश्रो दिनदेखी नै कार्यक्षेत्रमा फर्किने क्रम सुरु भएको हो। कर्मथलो फर्कीने क्रम सुरु भएपछि राजमार्गहरुमा सवारी साधनको भिडभाड बढेको छ।

कैलाली, कञ्चनपुरबाट राजधानी काठमाडौं जानेहरुको भीडभाड बढेसंगै पहाडी जिल्लाहरुबाट पनि तराई फर्किेने क्रम सुरु भएको छ।
 

कमेन्ट लोड गर्नुस