सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयरल्यान्डविरुद्धको खेलमा नेपालले पायो १४५ रनको लक्ष्य

२०७६ असोज २२, ०१:१६ खबर संवाददाता

ओमानमा जारी पेन्टाङ्गुलर सिरिज अन्तरगत आयरल्यान्डविरुद्धको खेलमा नेपालले १४६ रनको लक्ष्य पाएको छ। एक समय विशाल स्कोरतर्फ लक्ष्यित देखिएको आयरल्यान्डलाई मध्यम अंकमा रोक्न नेपाली बलरहरुले उत्कृष्ट कमब्याक गरे। आयरल्यान्डले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको थियो। नेपालले सुरुमै दुवै इन्डमा स्पिनर खेलाएर फरक प्रयोग र्गयो। यो निर्णय सही सावित पनि भयो, जब दोस्रो ओभरमा सन्दिप लामिछानेले विष्फोटक ब्याट्सम्यान केभिन ओब्रायनलाई पेभिलियनको बाटो देखाए।

७ रनमै विकेट गुमाएर झट्का खाएको आयरल्यान्डलाई त्यसपछि भने बलरले दवावमा राख्न सकेनन्। पहिलो ओभर फ्याक्दा दुई रन मात्र खर्चेका स्पिनर ललित राजवंशीले तेस्रो ओभरमा दुई छक्कासहित १६ रन खाए। आयरल्यान्डका ओपनर पाउल स्टर्लिङले एन्डी बलबिर्नीसँग निकै महत्वपूर्ण साझेदारी गरे। फलस्वरुप ११ ओभरमा आयरल्यान्डले एक विकेट मात्र गुमाएर ९४ रन बनाइसकेको थियो। २ सय रनको नजिक पुग्नसक्ने सम्भावना देखिएको अवस्थामा १२ ओभरले खेलको दिशा बदल्यो।

राजवंशीले फ्याकेको १२ औं ओभरमा आयरल्यान्डले लगातार बलमा दुई विकेट गुमायो। तेस्रो बलमा राजवंशीले बलबिर्नीलाई विनोद भण्डारीको हातबाट स्टम्पिङ गराए। त्यसपछि चौंथो बलमा आयरल्यान्डका टेक्टर रनआउट भए। त्यसपछिका ओभरहरुमा नेपाली बलरले निकै कसिलो बलिङ गरे। १४.५ ओभरमा अविनाश बोहराले गेरी विल्सनको विकेट लिए। १५ औं ओभरमा पनि आयरल्यान्डले दुई विकेट गुमायो।

ओभरको दोस्रो बलमा मार्क अडायर रन आउट भए भने लगत्तको बलमा करण केसीले पाउल स्टर्लिङको निर्णायक विकेट लिए। यतिबेलासम्म स्टर्लिङले ४७ बलमा ५९ रनको महत्वपूर्ण इनिङ खेलिसकेका थिए। उनको इनिङमा २ छक्का र छ चौका सामेल छन्। सन्दिपले आफ्नो अन्तिम ओभरमा गारेथ डेलानीको विकेट लिँदै आफ्नो विकेट संख्या बढाए। १८ औंभरमा फेरि अविनाशले पनि आफ्नो व्यक्तिगत दोस्रो विकेट लिए।

नेपालले आयरल्यान्डलाई १ सय ३५ रनभित्रै समेट्ने सम्भावना देखिँदा करण केसीको अन्तिम ओभर भने महंगो बन्न पुग्यो। उनले दुई छक्का सहित १८ रन खर्चिन पुगे। यही ओभर अन्ततः दुवै टिमका लागि महत्वपूर्ण सावित भएको छ।

कमेन्ट लोड गर्नुस