सुदूर नेपाललाई विश्वसँग जोड्दै

बस दुर्घटनामा परि ३८ जना घाइते

२०७६ असोज २२, १२:११ खबर संवाददाता

चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। मंगलबार राति काठमाण्डौबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२, आस्था चोकमा साढे बाह्र बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भएर सडक छेउको पीपलको रुखमा ठक्कर खाएपछि दुर्घटना भएको हो। घाइतेहरुको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ। यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन्। बसमा करिब ४५र४६ जना रहेको बताइएको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  
 

कमेन्ट लोड गर्नुस